भ्लादिभोस्टक । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो सहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । हिटिङ चुलो चलाउने क्रममा समस्या आउँदा उक्त आगलागी भएको हो ।
शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुईतले काठको भवनमा आगलागी भएको थियो । (रासस/सिन्ह्वा)