काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन् ।
भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले एम्बाप्पेलाई उछिनेका हुन् ।
जारी विश्वकपमा मेसी र एम्बाप्पले समान पाँच गोल गरेका छन् । तर असिस्टमा मेसी अगाडि लागेका छन् । मेसीको तीन असिस्ट छ भने एम्बाप्पेकोको दुईमात्र छ ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन् । यदि गोल संख्या बराबरी भएमा असिस्ट बढी गर्नेले पाउँछ । जारी विश्वकपमा एम्बाप्पेले अझै दुई खेल खेल्न बाँकी छ । यसैले उनले मेसीलाई जित्न सक्छन् । अब मेसीले भने फाइनलमात्र खेल्न बाँकी छ ।