काठमाडौं । रेशम चौधरीलगायतलाई जुलमुक्त गर्न सरकारले अध्यादेश ल्याएपछि सरकार र सत्ता गठवन्धन दलको चौतर्फी आलोचना भएको छ । राजनीतिज्ञदेखि कानूनविद्हरुले समेत सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
यसैवीच कांग्रेस महामन्त्री गगन थापाले आफ्नै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशविरुद्ध कडा विरोध जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यस्तो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र यो अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको प्रष्ट पनि पारेका छन् ।
विगतदेखिका आफ्नो धारणा र अडान कायम रहेको स्पष्ट पार्दै गगनले सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने चेतावनी दिएका छन् ।
अहिलेको सरकार कामचलाउ भएकाले दुरगामी महत्वको निर्णय गर्न नमिल्ने उल्लेख गर्दै लेखेका छन् ‘अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ ।’ अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने उनको तर्क छ ।
यदि यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखेको खण्डमा नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाढि बढाउन सक्ने उनको भनाइ छ ।
महामन्त्री थापाले लेखेका छन् –





















