काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर दिवसको अवसरमा मैत्रीपूर्ण फुटवल आयोजना गरेको छ ।
सोमबार दशरथ रंगशालामा जनप्रतिनिधिको एक टोली र कर्मचारीको टोलीबीचको मैत्रीपूर्ण फुटबल भएको हो । खेलमा कर्मचारीको टोलीले जनप्रतिनिधिको टोलीलाई ६—१ गोल अन्तरले पराजित गरेको थियो ।
जनप्रतिनिधिको टीमको नेतृत्व बालेन्द्र शाह र कर्मचारी टीमको नेतृत्व बसन्त अधिकारीले गरेका थिए । महानगरले सप्ताहव्यापी कार्यक्रमसहित २८ औँ महानगर दिवस मनाइरहेको छ ।




















