जनकपुरधाम । धनुषामा घरमा सुतिरहेकी एक महिलाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रिता देवी यादवको हत्या भएको हो । घरको बिजुली काटेर रितादेवी यादवको हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेका थिए ।
गम्भीर घाइते रिताको उपचारको क्रममा जनकपुरधाम स्थित काव्य हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


















