काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका थिए । त्यसयता गालको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्यो ।
गाल भन्छन्, ‘मेरो तेस्रो कार्यकालमा नेदरल्यान्ड्सले २० खेल खेल्यो र एक खेल पनि हारेन ।’ अर्जेन्टिनासँगको पेनाल्टीमा हार बेहोरेको बारेमा उनी भन्छन्, ‘मलाई लाग्दैन यो हार हो । हामीमा पेनाल्टीमा चुकेका हौं । यसलाई हार भन्न मिल्दैन ।’
आफूले एक उत्कृष्ट नेदरल्यान्ड्सको टोली निर्मण गरेको दावी गर्दै भनेका छन् – ‘म प्रशिक्षणबाट बिदा लिन लागे पनि एक उत्कृष्ट टिम बनाइ बिदा लिँदै छु । म यसलाई निकै सकरात्मक रुपमा लिन्छु ।’