काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहीबार (आज) बिहान प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।
दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले देशभर दिनप्रतिदिन चिसो बढिरहेको उल्लेख गर्दै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ, तराई भूभागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
यसैबीच आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ ।
























