काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई खेलहरू हुनेछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । क्यामरुन र सर्बियाले पहिलो खेल हार व्यहोरेका थिए । दोस्रो खेलमा समूह ‘एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । कोरिया र घाना बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा रहेको छ । घाना पनि पहिलो दोस्रो जित चाहन्छ ।
विश्वकप अन्तर्गत नै आज राति हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९:४५ बजे सुरु हुनेछ । ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् ।
त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।
कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।