महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी भएकी हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएकी हुन् ।
प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले-जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरिन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका पोखरेलले २२ हजार ३७२ मत ल्याए ।
यो क्षेत्रमा लामो समयदेखि पोखरेलले जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भए पनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।