विराटनगर । अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ मा पराजित भएकी छिन् । कांग्रेसका सुनिलकुमार शर्मा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राप्रपाबाट चुनाव लडेकी थापा तेस्रो भएकी छिन् । ४८ हजार ६३१ मतसहित शर्मा विजयी हुँदा एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मत ल्याएर दोस्रो भए भने राप्रपाबाट थापाले १० हजार ९९८ मात्रै प्राप्त गरिन् ।