पाल्पा । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई ३ हजार ९ सय ६६ मतान्तरले हराउँदै ठाकुर पहिलोपटक सांसद बनेका हुन ।
गैरेले २७ हजार ८१७ मत पाउँदा पाण्डेले २३ हजार ८५१ मत ल्याएका छन् ।