बाँके । बाँके क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका किशोरसिंह राठौर विजयी भएका छन् । गठबन्धनका उम्मेदवार राठौर ४ हजार ७ सय ९३ मतान्तरले बिजयी भएका हुन् ।
उनले २९ हजार ४० मत ल्याए भने उनका निकटतम प्रति द्वन्दी नेकपा एमालेका किस्मत कुमार कक्षपतीले २४ हजार २ सय ४७ मत प्राप्त गरे ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् । जसपाका योयन्द्र धितालले ४ हजार २ सय ८७ मत प्राप्त गरेका छन् ।
यसै गरी क्षेत्र नं. ३ को (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मिले २ हजार ४ सय ८३ मतान्तरले विजयी भए । कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत प्राप्त गरे ।
यसै गरी क्षेत्र नं. ३ को प्रदेश सभा कबाट नेकपा एमालेका रत्न खत्रीले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६ सय ९४ मतान्तरले जित निकाले । खत्रीले १३ हजार १ सय ५८ मत ल्याउदा सुनारले ११ हजार ४ सय ६४ मत प्राप्त गरेका थिए ।