झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निकै फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।
ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए । २०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई २८ हजार ८४२ मतान्तरले हराएका थिए ।