काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण गठबन्धन बनाउनुपरेको बताएका छन् ।
बिहीबार झापा क्षेत्र नं १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई पराजित गर्ने हिम्मत कसैसंग नरहेको भन्दै अहिलेको निर्वाचनमा पनि एमालेसंग डराएर गठबन्धन बनाउनुपरेको बताए ।
उनले अब स्वार्थको गठबन्धन रोज्ने की सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्ने भन्ने फैसला निर्वाचनले गर्नुपर्ने जिकिर गरेका छन् । राष्ट्रियता, स्वाभिमान कमजोर पार्नका लागि र देशको बिकास रोक्न धेरै षडयन्त्र भइरहेको भन्दै उनले मंसिर ४ को निर्वाचनले यसको फैसला गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले सरकारमा पुगेर गलत काम गर्न खोजेपछि नागरिकताका बिषयमा राष्ट्रपतिले राष्ट्रको पक्षमा काम गरेको दावी गरेका छन् । ओलीले एमाले सरकारले आवश्यक कानून बनाएर एक महिनाभित्रै नागरिकता प्रदान गर्ने धारणा राखेका छन् ।
उनले तालमेल गरेका स्थानमा एमालेले राप्रपालाई बिजयी गराउने भन्दै राप्रपाले पनि एमालेलाई जीत दिलाउने धारणा राखेका छन् ।























