काठमाडौं । पाकिस्तानसंग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् ।
पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालसँगको खेलका लागि पाकिस्तानले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको थियो ।
नेपाल र पाकिस्तानबीच हुने एक मैत्रीपूर्ण खेलको टिकट विभिन्न डिजिटल वालेट कम्पनि खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामान्य प्यारापिटतर्फ ५ सय, भिआइपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ । टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्ने एन्फाले जनाएको छ । विजेता गोलापर्थाद्वारा छनोट गरिनेछ ।