काठमाडौँ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङप्रेरित इङ्ल्यान्ड सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो ।
इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले ४९ बलमा ९ चौका र तीन छक्कासहित ८० रनको शानदार इनिङ खेले । अर्का ओपनर एलेक्स हेल्सले ४७ बलमा चार चौका र सात छक्कासहित ८६ रनको अविजित इनिङ खेले ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा पुगिसकेको छ । फाइनलमा पुगेको इङ्ल्यान्डले आइतबार उापधिका लागि पाकिस्तानसँग खेल्नेछ ।