काठमाडौं । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन कार्तिकको १९ र २० गते काठमाडौंमा हुने भएको छ ।
मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘सवल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ भने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पेश हुने मञ्चका सचिव रमेश पाण्डेले जानकारी दिएका छन् । अधिवेशनमा ३५ देशबाट करिव ३ सय ५० जनाको सहभागीता रहने उनले बताएका छन् ।
अधिवेशनमार्फत नेपाली नागरिकताको निरन्तरता, विदेशमा बस्ने नेपालीहरुको मताधिकार, प्रवासमा आर्जन पुँजी ज्ञान प्रविधि, सीप लगाएतको नेपालमा आदान प्रदान लगाएतका बिषयमा छलफल हुने सचिव पाण्डेले जानकारी दिएका छन् ।
मञ्चले सन् २०२२ मा आफ्नो बिधान जारी गरि आफ्ना गतिविधिहरु विश्वव्यापीरुपमा सञ्चालन गर्दै आएको जनाएको छ ।























