काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । एमालेको घोषणा पत्र कस्तो आउला भन्ने बारेमा आम मतदाताको चासो देखिन्छ ।
अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा बनेको घोषणा पत्र तयारी समितिले सबै काम सकेर आज दिउसो साढे १ बजे होटल याक एण्ड यतीबाट घोषणा पत्र सार्वजनिक गर्दैछ ।
७१ पृष्ठको घोषणा पत्रमा एमालेले पाँच वर्षमा गर्ने २० वटा कामलाई उल्लेख गरिएको स्रोतले जनाएको छ । एमालेले समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र सार्वजनिकका अवसरमा लाइभ डिबेटको कार्यक्रम पनि राखिएको बताइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।