काठमाडौँ । बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र प्रहार गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ । सानाका अनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए । राजधानीका रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ ।
इजरायलले सिरियामा दुई दिनमा यो दोस्रो पटक क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ । इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पु-याएको र यसमा परी एक सैनिक घाइते भएको जनाइएको छ । (एजेन्सी)

























