काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-४ मा सोमबार साँझ आगलागी भएको छ । दीपावली गर्ने क्रममा गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट)मा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
दुईवटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको वडाध्यक्ष नरेन्द्रदाश श्रेष्ठले बताए । उनका अनुसार उद्योगमा कम्प्रेसर मेसिन पड्किँदा आगलागी भएको प्रारम्भिक जानकारी आएको बताए ।




















