सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेता/ कार्यकर्ता एमालेमा फर्किएका छन् ।
नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा आएको बताइएको छ । मलंगवास्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई पूर्वसांसद हरि उप्रेतीले एमालेमा स्वागत गरेका छन् । उप्रेतीकै पहलमा नेकपा एस जिल्ला कमिटीका २५ जनासँगै करिब ५ सय कार्यकर्ता एमाले प्रवेश गरेको बताइएको छ ।