काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा पोखरेलले एमालेसंग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउने तयारी भएको बताएका छन् ।
कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिडेको तर्क गरेका छन् । त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
आगामी निर्वाचनमा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको उनको भनाई छ । उनले नागरिकता बिधेयकका कतिपय बिषयहरु राष्ट्रियता बिरोधी रहेकाले आफुहरुको विरोध रहेको दावी गरेका छन् ।
पोखरेलले पार्टीले तय गरेको मापदण्डका आधारमा भाद्र २२ गते भित्रै प्रतिनिधिसभा र प्रदेशको उम्मेदवार चयन गरिसक्ने धारणा राखेका छन् ।