काठमाडौं । सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताएका हुन । आफुहरुलाई बिभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनको भनाइ छ ।























