काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको बिषय भएको भन्दै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताएका हुन ।
स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रयाप्त रुपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाई छ । उनले सस्तो सहज र गुणस्तरिय स्वास्थ्य सेवा आजको आवश्यकता भएको बताए । प्रधानमन्त्री देउवाले अनेक महामारीसंग जुध्न सक्ने गरि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथमिकताका साथ अघि बढाउन निर्देशन पनि दिएका छन् ।
प्रधानमन्त्री देउवाले गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिइका छन् । कार्यक्रममा कर्मचारी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्म्मान गरिएको थियो ।