काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुसँग सघन भेटघाट र छलफलका लागि गृह जिल्ला झापा पुगेका छन् ।
तीन दिने झापा बसाईमा अध्यक्ष ओली दुईवटा भेलामा सहभागि हुने र अन्य समय कार्यकर्तासँगको छलफल र भेटघाटमा विताउने बताइएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ता र मतदाताहरुसँग सघन भेटघाट गर्ने छन ।
अन्तक्र्रिया कार्यक्रमलाई व्यवस्थित बनाउन अध्यक्ष ओलीसँग सम्वाद गर्न चाहनेको नाम संकलन गरिएको झापा जिल्ला इञ्चार्ज समेत रहेका थापाले बताएका छन् ।
‘यस पटक प्रशिक्षणभन्दा पनि दोहोरो कुराकानी र अन्तरक्रिया हुने भएकाले सबैले आ–आफ्ना कुरा खुलस्त राख्न पाउने बताइएको छ ।
अध्यक्ष ओली बुधबार बिर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने बताइउको छ ।
बिहीबारदेखि भने सार्वजनिक कार्यक्रममा सहभागी नभएर कार्यकर्ता लक्षित कार्यक्रम तय गरिएको छ । बिहीबार बिहान ९ बजेदेखि नै ओलीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
अध्यक्ष ओलीले दमक, गौरादह, कमलका स्थानीय जनप्रतिनिधि, युवासंघका प्रतिनिधि, अगुवा कार्यकर्ता र मतदाताहरूसँग छलफल गर्ने बताइएको छ ।