काठमाडौं । सभामुख अग्नी सापकोटाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि भएका नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ का अवसरमा वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौंमा सांसदहरुसंग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरु कार्यान्वयन गर्न निकै चूनौति रहेको भन्दै जलवायु परिवर्तनको समस्या समाधानका लागि भएका नीतिहरुलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिएका हुन ।
उनले जलवायु परिवर्तनले दिएको शिक्षालाई आत्मसाथ गर्ने संकल्प गर्नुपर्ने धारणा पनि राखेका छन् । जलवायु परिवर्तनका कारण बिश्वमा नै एकपछि अर्को धक्का दिइरहेको भन्दै सभामुख सापकोटाले यसको असर न्युनिकरणका लागि समस्यालाई बुझेर समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन् ।
उनले अहिले आफुले राज्यका तीन अंगमध्ये एक अंगको जिम्मेवारी बहन गरिरहेको र उक्त भूमिका देश र जनताको हितलाई अघि सार्दै पूरा गर्ने बताए ।
कार्यक्रममा सांसदहरुले जलवायु परिवर्तनले बिभिन्न असर देखाइरहेको भन्दै यसको न्युनिकरणका लागि विश्वसमूदायसंग हात्तेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।