काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव एसपीपी रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् ।
सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताए । अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोसा नगरि सवै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिएका छन् । अबको निर्वाचनमा सवै स्थानमा उम्मेदवारी दिने उनको भनाई छ । उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने बताएका छन् ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।