काठमाडौं । एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज (सोमबार) देखि सुरु हुँदैछ ।
मंगलबारसम्म चल्ने बैठकमा सांगठानिक गतिविधि, पालिका चुनावको समीक्षा, आउँदो चुनावको तयारी र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै बैठकमा पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । परिषद् बैठकमा करिब एक हजार पाँच सय जना सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।

























