बुटवल । पटकैपिच्छे भैरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले आज बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।
बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई रोकेका थिए ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउदै तत्काल मूल्यबृद्धि फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।