मुग्लिन । पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो गएकाले हिजो रातिदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ । पहिरोकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध बनेको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ ।

























