काठमाडौँ । काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव भेटिएको बताए ।
बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो । सो खबर पछि प्रहरीको टोली खटिएको थियो ।
मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । (रासस)

























