काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थाको कुल संख्या मात्रै अहिले १ सय २७ रहेको छ । २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको ११ हजार ३ सय ९८ शाखा मध्ये एनआईसी एशिया बैंकको मात्रै ३ सय ५९ शाखा कार्यालय रहेका छन् ।
नेपालको समग्र वित्तीय पहुँच विस्तारमा एनआईसी एशिया बैंकको ठूलो भूमिका रहेको तथ्याङ्कले देखाएको छ । नेपाली अर्थतन्त्रको बैंक वित्त क्षेत्र स्थायित्वतर्फ गइरहेको र त्यसको लाभ लिनेको वृद्धिदरमा समेत उछाल आउनुमा एनआईसी एशिया बैंकको महत्वपूर्ण भूमिका देखिएको अर्थविश्लेषकहरुले बताएका छ ।
एनआईसी एशिया बैंकको नेपालभरमा ४ सय ७३ एटीएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ प्रणाली रहेको छन् । यो संख्या हेर्दा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सञ्जाल एनआईशी एशियाकै देखिएको छ । आव २०७८/७९ को तेस्रो त्रैमासिकसम्ममा ९ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै बैंकले ३७ लाखभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहकमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आव २०७८/७९ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणले एनआइसी एसिया बैंकले सर्वसाधारणमाझ आफूलाई विश्वासयोग्य बनाएको देखिन्छ ।
बैंकले खुद मुनाफातर्फ ३ अर्ब ६० करोड आर्जन गर्न सफल भएकोे बैंकद्वारा सार्वजनिक विवरणले देखाएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । त्यस्तै स्व–पुँजीमा प्रतिफल २१ दशमलव ४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
एनआईसी एसिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४१ दशमलव ९४ रुपैयाँ छ । जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । यस बैंकले आव २०७८/०७९ को तेस्रो त्रैमासिकसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७४ अर्ब ७४ करोड पु¥याउन सफल भएको छ ।
पछिल्लो समय बैंकहरुमा तरलताको अभाव कायम रहे पनि एनआईसी एसिया बैंकले संयमता अपनाउँदै सञ्चालन गरेको देखिन्छ । बैंकले ३ खर्ब २ अर्ब ८१ करोड निक्षेप पु¥याउन सफल भएको छ ।
त्यस्तै बैंकले कोभिड–१९ को विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई तेस्रो त्रैमासिकसम्ममा ० दशमलव ५१ प्रतिशतमा सीमित राख्न सफल भएको तथ्यांकले देखाएको छ ।
बैंकले यसै त्रैमासिकसम्ममा कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा अन्य वाणिज्य बैंकहरूभन्दा एनआईसी एसिया बैंक अग्रणी स्थानमा रहेको अनुमान छ ।
एनआईसी एसिया बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमासिकमा कर्जा विस्तार, निक्षेप संकलन, प्रतिसेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटीएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्थाअघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको छ । त्यति मात्र होइन बैंकले आफ्नो सेवाहरुलाई समेत फराकिलो सर्वसुलभ बनाउँदै लगेको हुँदा यस बैंकप्रति युवाहरुको समेत आकर्षण बढ्दै गएको देखिन्छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौँ ठूलो योगदान रहेको बताइएको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई एनआईसी एसिया बैंकमार्फत सेवा लिएको बैंकले जनाएको छ ।
सेवा सुविधा थप्दै
एनआईसी एशिया आफ्नो सेवा थप्ने क्रममा सार्वजनिक गरेको मोबाइल बैंकिङमा अत्यन्त आकर्षित भइरहेको छ । मोबाइल बैंकिङ प्रणाली हेर्ने हो भने आफूले धेरै कारोबार गर्ने र विश्वसनीय ‘एनआईसी एसिया मोब्यांक’ नामक यस एपमा बढी प्रयोग हुनुको कारणमध्ये प्रमुख कारण बैंकको आफ्नो छाप पनि जोडिन्छ । त्यति मात्रै नभई यस बैंकको एपमा विशेष किसिमका सुविधाहरु समावेश गरेकाले पनि लोकप्रिय हुन सकेको देखिन्छ ।
बैंकको मोवाइल एप चलाउन थाल्नेबित्तिकै आफ्नो खातासम्बन्धी धेरैभन्दा धेरै जानकारी र धेरै बैंकिङ कारोबार गर्न सकिने बैंकले जनाएको छ । कारोबारका अलावा बैंकका अनुसार यसबाट धेरै प्रकारका सेवा तथा जानकारी लिन सकिन्छ । मोबाइल बैंकिङबाट अन्तर बैंक रकम स्थानान्तरण सहज ढंगबाट गर्न सकिने बताइएको छ ।
बैंक खाता हाल कुन अवस्थामा छ, बैंकमा नपुगीकन यही एपबाटै थाहा पाउन सकिन्छ भने आफ्नो ब्यालेन्सको जानकारी स्पष्ट रुपमा हेर्न मिल्ने व्यवस्था छ । यतिमात्र होइन एकाउन्ट स्टेटमेन्टको पूर्ण विवरण यसबाटै पाइने बैंकले जनाएको छ ।
मोबाइल टपअप, अनलाइन टिकेटिङ युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानीजस्ता महत्वपूर्ण सुविधा प्रदान गरेको छ । साथै, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने सुविधा समेत प्रदान गर्छ । बैंकको एप प्रयोग गर्ने व्यक्ति जुनसुकै स्थानमा पुगे पनि यसले यस बैंकको जानकारी पाएर लाभग्राही बन्नसक्छ ।
त्यस्तै प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिने जस्ता महत्वपूर्ण सुविधा यस एपबाट लिन सकिन्छ । पछिल्लो समय धेरै व्यक्तिहरु सेयरबजारमा प्रवेश गरिरहेको अवस्थामा यस बैंकले प्रदान गर्ने यस्तो सुविधा एनआईसी एशियाको मो–ब्यांक एपबाट नै पाउनु सेवाग्राहीहरुको लागि थप सुविधा हुनसक्ने देखिएको छ ।
साथै, आईपीओको नतिजा समेत सहजै हेर्न सकिने व्यवस्था यस एपभित्र बैंकले ल्याएको नवीनतम सुविधा हो ।
प्रयोगकर्ताले कार्डविनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा एपमा रहेको ‘कस्टुमर केयर’बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्नसक्ने सुविधा समेत प्रदान गरेको छ ।
त्यस्तै एनआईसी एशिया मो–ब्यांकका प्रयोगकर्ताले एपबाटै आन्तरिक रेमिट्यान्स पठाउने तथा बुझ्ने नवीन सुविधा प्राप्त गर्दछन् । यसका साथै एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने सुविधा प्रदान गरिएको छ । यस्तो सेवा एनआईसी एशिया बैंकले नयाँ सुरुवात गरेको बताइएको छ ।