बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकअगाडि प्रेसर कुकर बम विष्फोट भएको हो ।
विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ ।
घटनास्थल आसपास केही छर्राहरुसमेत फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । विष्फोटबाट नजिकै रहेको पसलको सटरमा प्वाल परेको छ ।