लमजुङ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिबद्धतापत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ ।
एमाले लमजुङले प्रतिबद्धतापत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजीवी परिषद लमजुङको सहकार्यमा मंगलबार बेसीशहर आयोजना गरेको हो । एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिवद्धतापत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रमगरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट २/२ जनाको सहभागिता रहेको थियो ।
एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले व्यवस्थित र जनताको मन छुने योजना बनाउनुपर्नेमा जोड दिए । नागरिकका आवश्यकता र गर्नुपर्ने कामलाई सम्बोधन हुने गरेर प्रतिवद्धतापत्र आउनुपर्ने अधिकारीले बताए ।
८ वटै पालिकाबाट आगामी वैशाख २ गते प्रतिवद्धतापत्र तयार गरी एमाले जिल्ला कमिटीका बुझाउने र ९ गते देशभर एकै पटक प्रतिवद्धतापत्र घोषणा हुने कार्यक्रम रहेको नेकपा एमाले लमजुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले दिए ।