काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो ।
‘गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भन्नुभयो, ‘नेपालको कला, संस्कृतिलाई विश्वसामु चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंसनीय छ ।’
कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता पाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोडसमेत गर्नुभएको छ ।




















