काठमाडौं । ‘स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादन संघ नेपाल’ नामक संस्था दर्ता भएको छ । ई कमर्स व्यापारसँग आवद्ध सौन्दर्य सामग्री उत्पादन र बिक्री प्रणालीमा काम गर्ने व्यवसायीहरुले हालै उक्त संस्था जिल्ला प्रसासन कार्यालयमा दर्ता गरेका हुन । सामाजिक उत्तरदायित्व, समाज सेवा र सामुहिक बिकास गर्ने उद्देश्यले संस्था खोलिएको महासचिव बिजय कुमार अधिकारीले जानकारी दिएका छन् ।
बढ्दो मंहगी, आर्थिक अस्थिरता र अन्यौलपूर्ण वर्तमान अवस्थालाई मध्यनजर गर्दै आर्थिक स्वतन्त्रता र स्वालम्बी व्यक्तित्व बिकासमा मद्दत पुर्याउने उदेश्यले संस्था गठन गरिएको हो ।
संस्थाको अध्यक्षमा दुर्गा प्रसाद गौतम, उपाध्यक्षमा इन्द्रदेव शर्मा, महासचिवमा बिजयकुमार आधिकारी र कोषाध्यक्षमा कृष्ण प्रसाद प्रसाईं रहेका छन् । यसैगरी रबिन्द्र गिरी, हरि अधिकारी, बिना गौतम र पुजा आचार्य अधिकारी सदस्य रहेका छन् ।