काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् आइतबार पनि कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् भने हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।




















