काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९९३ पीसीआर परीक्षणमा आठ जना र दुई हजार ५५० एन्टिजेन परीक्षणमा नौ जना गरी १७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार ५९५ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।




















