काठमाडौँ । रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अहिलेसम्म ८१६ जना नागरिकको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघले शुक्रबार जारी गरेको तथ्यांकअनुसार बुधबारसम्म मृत्यु हुने आमनागरिकको ८१६ पुगेको हो । त्यस्तै १३३३ जना मानिसहरु घाइते भएका छन् । राष्ट्रसंघको मानवाधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार अधिकांश मानिसहरु ठूलो बमबारीमा परी मारिएका छन् ।
राष्ट्रसंघका अनुसार युक्रेनको युद्धमा मारिनेको वास्तविक संख्या योभन्दा धेरै हुनसक्छ किनकि भीषण आक्रमणको चपेटामा परेका धेरै सहरबाट तथ्यांक हासिल गर्न सकिएको छैन । जसमध्ये एउटा मारिउपोल पनि हो ।

























