काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता ‘हावा कुरा’ नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् ।
‘धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?,’ उनको प्रश्न थियो, ‘नेपालको संविधानभन्दा माथि कोही हुन्छ?’ उनले भने ।
नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अन्र्तगत सहमति हुने पनि शर्माले दाबी गरे ।
सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए ।