काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दीको हिटलरको संज्ञा दिएका छन् ।
पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘एकाइसौं शताब्दीको हिटलर पुटिन । हिटलरभन्दा पनि क्रुर । संसारभरिका सबैले यसको घोर विरोध, भर्त्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा. केसीले भनेका छन् ।
आफू प्युठान जानेक्रममा गुल्मी रहेको जनाउँदै उनले आक्रमणको समाचारले आहत भएको बताएका छन् ।
‘रुसले यूक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न समाचार माध्यमवाट अवगत भयो । एक्काइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न सकिँदैन,’ उनले भनेका छन् ।