काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् ।
आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् ।
आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने उनको भनाइ छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका हुन् ।
‘एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुप-यो वा मार्गप्रशस्त गर्नुप-यो । अनि मात्र एमाले संसदीय प्रक्रिया सहभागी हुन्छ ।’
सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरुको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ ।