काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेलेको बताउनुभएको छ ।
संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका एमाले सांसदहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले नै अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन ल्याएको बताउनुभयो ।
‘यी गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेश गरेका होइनन्,जनताबीच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि ल्याएका हुन् ।’ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले त्यसैले अहिले एमसीसीमा एमालेको कुनै भूमिका नरहने प्रष्ट पार्नुभयो ।
सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं, प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ, अध्यक्ष ओलीको भनाई थियो । ओलीले परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने बताउनुभयो ।