काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभई जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताउनुभएको छ । यसका लागि आजैदेखि तयारी थाल्न उहाँले आग्रह गर्नुभएको छ । उहाँले एमालेको जनअदालत माओवादीको जस्तो दुईचारजनाले चलाउने र तर्साउने नभई लाखौं मानिसको सहभागिता हुने बताउनुभयो ।
शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले जनताभन्दा माथि कोही नभएको र जनताले दिएको आदेश मान्ने उहाँले बताउनुभयो ।