काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताउनुभएको हो ।
एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।