काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।
यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।