काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परीक्षण गरिएको थियो ।
बितेको चौबिस घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा कूल ११ लाख ६ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ११ हजार ८५२ जनाले ज्यान गुमाएका छन् ।