काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।
सूचनामा भनिएको छ ,’ प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’