पोखरा । सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जनतालाई गलत सूचना दिएर भ्रमित पार्ने काम गरेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशसमितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले एमसीसीबारे जनतालाई कन्भिन्स गराउनुपर्नेमा प्रचण्ड र नेपालका कारण गिजोलिएको आरोप लगाएका छन् ।
‘मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको स्वीकार गर्दै नेता पौडेलले सधै विदेशीको ऋण लिन नहुँदै बताउँदै एमसीसी अनुदान लिनुपर्ने बताएका छन् । उनले ऋण तिर्न नसक्दा श्रीलंकाको हालत के भएको छ भन्ने कुराको हेक्का राख्नु पर्ने पनि बताएका छन् ।
एमसीसीबारे अलमल चिरेर गठबन्धन जोगाउनुपर्ने बताउँदै नेता पौडेलले भविष्यमा सरकार बनाउनका लागि पनि चुनावमा गठबन्धन गर्नुपर्ने बताए । चुनावमा गठबन्धन नगर्ने हो भने कांग्रेसलाई पनि सजिलो नभएको नेता पौडेलले स्वीकारेका छन् ।