काठमाडौँ । देउवा सरकारले सोमबार स्थानीय तह निर्वाचनको मिति तोक्ने भएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले निर्वाचन मिति घोषण गर्ने तयारी भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो । ‘सोमबारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगले तोकेकै समयमा चुनावको मिति घोषणा गर्छ,’ मन्त्री कार्कीले बताए ।
यसअघि प्रधाानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो । त्यही समझदारीअनुसार सरकारले मिति तोक्ने तयारी गरेको हो ।